पुवार

 - मुना चौधरी

पानोको स्तन निचोर्दा दूधको सिर्का छेदिलालको अनुहारमा पर्‍यो। पानो अर्धचेतको त्यो समयमा पुगेकी थिइन्, जुन समयमा उनले आफ्नो घर, परिवार र लोग्ने सबैलाई बिर्सेकी थिइन्। उनले सम्झिरहेकी थिइन्, केवल छेदिलालको स्पर्श र प्रेम। अर्धनग्न लेलही छेदिलालको स्पर्शले शिथिल भएकी थिइन्। पानोको स्तनबाट निस्केको दूधको सिर्का छेदिलालको अनुहारमा परेकाले बायाँ हातले अनुहार पुछ्दै उनले पुवार (पराल) मा हात पुछे। उनले पानोको छाती थुमथुम्यायो। छाती थुमथुम्याउँदा छातीको स्पन्दन हेरेर छेदिलालको जिउ सिरिङ भयो। छेदिलालको अनुहारमा परेको दूधको सिर्का उनले जिब्रोले थोरै चाटे। उनलाई दूध कस्तो–कस्तो लाग्यो। उनले मुख बिगार्दै पानोतिर हेरे। पानो मुसुक्क हाँसिन्। उनले छेउमा थुक्दै पानोको ओठमा म्वाइ खाए। पानोले आँखा बन्द गरिन्। अर्धनग्न पानोका दुई गोरा स्तन अक्षीण र आकर्षक देखिएका थिए। पानो बच्चालाई दूध खुवाउने आमा भएकीले अलि ढल्केको पनि देखिन्थ्यो उसको छाती।  

पानोका ढल्केका अक्षीण र आकर्षक छाती देखेपछि छेदिलालका जिउभरि अनौठो ऊर्जा थपियो। उनको जिउमा रक्तसञ्चार भएको सजिलै देख्न सकिन्थ्यो, राता ओठ हेरेर। काम्न थाले उनका हातहरू। निःसन्देह कामेको थियो, उनको पूरै जिउ पानोको यौवन देखेर। उनका हातहरू यसरी कामेका थिए कि पानोको अंगअंग नचलाईकन शान्त हुनै नसक्ने स्थितिमा उनी थिए। उनको सासको गति तीव्र थियो। अनौठो आवेगले पानो उनको पिठ्युँमा चिमोटिरहेकी थिइन्। उनका राता ओठ हेरेर पानो कामातुरले छटपटाइरहेकी थिइन्। पानोको पिठ्युँमा पुवार बिझिरहेको थियो। उनले पटकपटक पिठ्युँ कन्याउँदै जिउ कुपार्दै छेदिलालको ओठमा ओठ राखिरहेकी थिइन्। पुवार बिझे पनि उनी हराएकी थिइन्, केवल छेदिलालको लदाबन्दी प्रेममा। 

पानोको यौवनमा हराएका छेदिलाल फेरि पानोका छाती दुवै हातले चलाए, तर योपल्ट अलि सचेत भएर। अनुहार छेउतिर फर्काए। दूधको सिर्का फेरि माथिमाथि उछिट्टियो। पर फालिएको ब्लाउज छेदिलालले तानेर ल्याए। दूधको सिर्का उछिटिएको देखेर स्तनमाथि ब्लाउज राखे। ब्लाउज राखेर उनका छातीहरू चलाउन थाले। जति उनका छातीहरू चलाउन थाले, त्यति नै पानो छटपटाउन थालिन्। पानोलाई छेदिलाल स्निग्ध लाग्यो। उनले दुवै खुट्टा छेदिलालको खुट्टामा बेरिन्। मुखबाट तातो थुक र नाकबाट तातो सास निस्किरहेको थियो। थर्थराइरहेको थियो पानोको ओठ र कामिरहेको थियो छेदिलालको जिउ।  

छेदिलालको अनुहारतिर पानोले हेरिन्। चुच्चो नाक, फराकिलो निधार, झ्याप्प दारी–जुँगा, लाम्चो, खुसमिजाज अनुहार र मिलेका दाँत भएका छेदिलालको अनुहार हेरेर उनी आकर्षित भइन्। चौडा छाती, पुष्ट जिउ, बलिष्ठ हातखुट्टा भएका छेदिलालले पानोको ओठमा ओठ राखे। अनौठो तिर्खाले व्याकुल पानो छेदिलालका बलिष्ठ पाखुराहरूमा हात डुलाउन थालिन्। गोरी, पुष्ट जिउ, लामो कपाल र जवानीको गहिराइबाट बाहिर ननिस्केकी पानोको स्पर्शले छेदिलालको होस हरायो। पानोका दुई आकर्षक स्तन नदेखीकन उनलाई धरै भएन। पानोको छातीमाथि भएको ब्लाउन देवनले फेरि पर फाले।

जुनेली रातमा छेदिलालको अनुहारबाट पसिना तपतप चुहिरहेको थियो। धड्किरहेको थियो, दुवैको धडकन बेजोडले। आफ्नो खुट्टामा पानोले खुट्टा बेरेको देखेर छेदिलालले आफूलाई रोक्न सकेनन्। उनी पानोको खुट्टाबाट आफ्नो खुट्टा छुटाए। पानोको सारी र पेटिकोट फुकाले। पानो लमतन्न पुवारमा पल्टिरहेकी थिइन्। नांगिएकी पानोको बस्ती देखेर छेदिलालको जिउभरि थप ऊर्जा सञ्चार भयो। पानोको जिउमा खप्टेर छाती फेरि निचोर्न थाले। दूधको सिर्का छेदिलालको अनुहारमा पर्‍यो। छेदिलाललाई यो पटक वास्ता लागेन। पानोको सारीमा अनुहार पुछ्दै उनले पानोको मुखमा मुख जोडे। यदृच्छयाले छेदिलालको स्पर्शमा डुबेकी पानोको मुखबाट आह र उहुँ आवाज निस्किन थाल्यो। उनको मुखबाट आवाज निस्केको सुनेर छेदिलाल इशारामा पानोलाई भने, ‘मान्छेले सुन्छ। आवाज ननिकाल।’  

पानो छेदिलालको आवाज सुनेर नियन्त्रित भइन् तर छेदिलाल पानोको अंगअंग निचोर्न छोडेनन्। छेदिलालले आफ्नो अंगअंग चलाइरहँदा उनले फेरि आफूलाई नियन्त्रण गर्न सकिनन्। फेरि उही आवाज–आह, उह !  

छेदिलाल पानोको जिउमाथि खप्टिए र मुखमा मुख राखे। पानोको आवाज बन्द भयो। उनले छेदिलालबाट यथेष्ट प्रेमको अनुराग पाइन्।  उनले कसेर मुठीभरि पुवार समातिन्। छेदिलाल उनको जिउमाथि जति उफ्रन्थे, त्यति नै कसेर पानोले पुवार मुठ्ठीभरि समात्थिन्।  

देवनको दारी–जुँगाले घोच्दा पानो हाँस्न खोज्थिन् तर हाँस्न सक्दिनथिन्। छेदिलाल पानोको  जिउमा जति उफ्रन्थे, त्यति नै पराल खरखर खरखर बोलिरहेको थियो। पानोको छातीबाट सबै दूध निस्कियो। उनले एक वर्षकी छोरीलाई सम्झिन्। छोरीलाई दूध खुवाउने वेला हुँदै थियो। त्यही कुरा सोच्दै उनी परालको माचतिर हेर्न थालिन्। उनको ध्यान अन्तै केन्द्रित भएको थाहा पाएर छेदिलाल उनको अनुहार मुसार्न थाले। पानोको ध्यान छेदिलालतिर गयो। छेदिलाल तीव्र प्रवेगले छटपटाउँदै पानोको जिउमा लछारपछार गर्न थाले। उनीहरूका रोधक कोही थिएनन्। पानो उनको स्पर्श सहन सकिनन्। उनले छेदिलालको ओठमा बेस्सरी टोकिन्। त्यही टोकाइले छेदिलाल फलिभूत भए। मानौं उनलाई सबैथोक पुग्यो। उनले रोमहर्ष प्राप्त गरे। उनले लामो सास तान्दै पूरै हातखुट्टा फालेर आनन्द र सन्तुष्टिको सास ताने। उनको जिउ शिथिल भयो। सबै ऊर्जा क्षीण भयो।  

तर पानो सन्तुष्ट भइनन्। पानो छेदिलालको पिठ्युँमा नङले कोपर्न थालिन्। उनले छेदिलाललाई यति जोरले टोकेकी थिइन् कि टोकाइ सहन नसकेर छेदिलालले उनलाई सन्तुष्ट पार्न सकेनन्। आफू मात्र सन्तुष्ट भए। उनले छेदिलाललाई छोड्न मानेकी थिइनन्। घरबाट छोरी रोएको आवाज आइरहेको थियो। बच्ची रोएको आवाज सुनेर उनकी सासू घरबाट कराइन्, ‘कतिबेरसम्म दिसा गरेर फर्किन्छेस् बुहारी?’  

सासूको आवाज सुनेर पानोको सातोपुत्लो उड्यो। दुवैजना उठेर हतार हतार लुगा लगाए। पानोको जिउ डरले लगलग कामिरहेको थियो। ब्लाउज लगाइन्। पेटिकोटको डोरी बाँधेर सारी लगाइन्। त्यतिवेलासम्म छेदिलाल सबै लुगा लगाइसकेका थिए। पानोको अनुहार असन्तुष्ट देखिन्थ्यो तर छेदिलालको अनुहार सन्तुष्ट। पानोलाई सन्तुष्ट पार्न नसकेकोमा छेदिलाल उदास थिए।  

पानोको टालबारी (टौवाबारी) मा पुवारका चारओटा ठूला र साना माच थिए । ठूला माचको छेउमा कसैले नदेख्ने गरी पानो र छेदिलाल सानो पुवारको माचलाई कानन बनाएका थिए। पानोको सारीमा पुवारहरू टाँसिएको थियो। पुवार सारीमा टाँसिएको देखेर छेदिलाल हतारहतार भ्याटभ्याट गर्दै सारीमा लागेको पुवार झारिदिए। पानोको आँखाले भनिरहेको थियो, ‘अब हामी कहिले भेट्ने ?’  

पानोको आँखाको भाका बुझेर उनलाई झट्ट अँगालोमा बाँधेर अनुहारभरि चुम्दै छेदिलालले भने, ‘भोलि म आउँदिनँ। पर्सि भेट्छु।’ छेदिलाल पानोको गाला सुमसुम्याउँदै जुनेली रातमा त्यहाँबाट बिदा भए। पानोको हात, खुट्टा चिलाइरहेको  थियो। उनको हातखुट्टा परालले पाछिसकेको थियो। उनले जिउ कन्याउँदै टालबारीबाट घर गइन्। त्यतिवेलासम्म उनकी सासूले बच्चीलाई थपथपाउँदै सुताइसकेकी थिइन्।  

पानोलाई देखेपछि सासूले भनिन्, ‘कति ढिला फकेर्की दिसा गरेर?’ सासूको कुरा सुनेर पानोले भनिन्, ‘पेट दुखिरहेको थियो।’ पानोको कुरा सुनेर सासूले भनिन्, ‘पानी पिएर सुत्। ठिक हुन्छ।’  

सासूको कुरा सुनेर बाकसमाथि लोहोटामा राखिएको पानी पानोले घटघटी पिइन्। चिसो पानी खाएर थोरै भए पनि पानोको जिउ शीतल भयो। उनी छटपटाइरहे पनि सासूलाई देखेर उनले आफूलाई नियन्त्रण गरिन्। उनको हातखुट्टा पुवारले पाछेर कन्याइरहेको थियो, तर उनले कन्याउन सकेकी थिइनन्। सारीको माथिबाट बिस्तारै हात, खुट्टा कन्याउँदै बच्चीको छेउमा सुतिन्। बच्ची जन्मेदेखि पानोकी सासू पानोकै कोठामा सुत्थिन् तर अर्को खाटमा । पानोले सासूतिर हेरिन्। सासू सुतिसकेकी थिइन्। पानोले बत्ती निभाइन्।  

बच्चीको छेउमा सुतिन्। ब्लाउजको टाक खोलिन्। दूधको मुन्टो निकाल्दै बच्चीको मुखमा हालिन्। बच्ची सुतिसकेकीले दूध चुसिनन्। उनले फेरि ब्लाउजको टाँक लगाइन्। उनको मुखको थुक सुकिसकेको थियो। अर्कोतिर सासूको पनि डर थियो।  उनी कामातुर थिइन्। छेदिलाललाई सम्झेर उनलाई रिस उठ्यो, उनले मनमनै भनिन्, ‘नामर्द मोरो, आफू सन्तुष्ट भयो, पुग्यो। मेरो अवस्था एकपटक बुझेन डरछेरुवा।’  

उनलाई बच्चीदेखि पनि रिस उठ्यो। उनले फेरि मनमनै थपिन्, यो केटी पनि अहिले नै रुनुपर्ने। छ्या ! आजको दिनै खराब। आज नभेटे नि हुने। व्यर्थमा भेटेर छटपटाहट मात्र भयो। उनले सोच्दै घरी यता पल्टिन्थिन, घरी उता पल्टिन्थिन्। उनी यताउता पल्टिँदा खाट कटकट बोलिरहेको थियो। उनी बच्चीतिर पिठ्युँ फर्काएर सुतिन्। तर निदाउन सकिनन्। फेरि बच्चीतिर फर्किन्। बच्ची मस्त निदाइरकेकी थिइन्। बच्ची नरोए पनि उनले दायाँ हातको बुढी र माइली औँलाले बच्चीलाई चिमोटिन्। बच्ची रोइनन्। सबै रिस बच्चीमाथि खन्याउँदै बच्चीलाई उनले यसपल्ट बेस्सरी चिमोटिन्। बच्ची रुन थालिन । रोएको सुनेर सासूले निदाएकै स्वरमा भनिन्, ‘नानीलाई दूध खुवा। अघिदेखि रोइरहेकी छे।’

पानोले यही नै खोजेकी थिइन्। उनी ब्लाउजको टाँक खोलिन्। बच्चीको मुखमा दूधको मुन्टो हालिन्। बच्ची दूध चुस्न थालिन्। पानोलाई अनौठो काउकुती लाग्यो। उनी छटपटाउन थालिन् तर सासू त्यही घरमा भएकीले उनले आफूलाई नियन्त्रण गरिन्। एउटा स्तन बच्चीले चुसिरहँदा ऊ आँखा बन्द गरेर छेदिलाललाई सम्झिरहिन्। तैपनि सन्तुष्टिको सास लिन सकिनन्। बच्चीले जति दूध चुस्दै थिइन्, त्यति नै मन्द–मन्द काउकुतीले बिथोलिएकी थिइन् पानो। दूध खाँदै गरेको स्तन बच्चीको मुखबाट झिकेर अर्को स्तन बच्चीको मुखमा हालिन्। बच्चीको दूध चुसाइमा पानोले यौन सुखको सन्तुष्टि प्राप्त गरेको अनुभव गर्न थालिन्। उनले बिस्तारै आफ्नै पेट, छाती, गाला र निधार मुसार्दै एउटा विचित्र तृष्णा मेटाइरहिन्। दुवै स्तनको दूध बच्चीले चुसिसकेपछि पानोको जिउ सेलाउँदै गयो। उनको मनमा भएको  यौन तृष्णा कम हुँदै गयो। उनको जिउ लल्याकलुलुक भयो। उनलाई निद्राले छोप्यो। बच्चीसँगै उनी पनि निदाइन्।  

पानोको लोग्ने बाहिर बस्थे। दुई वर्षअगाडि आएका थिए। त्यतिबेलै पानो गर्भवती भएकी थिइन्। उनकी छोरी अहिले एक वर्षकी पुगिन्। तीन वर्षपछि मात्र फर्किने गरी उनको लोग्ने फेरि बाहिर गएका थिए। छेदिलाल यादव र पानोको लोग्नेसँगै एकै कम्पनीमा काम गर्थे। छेदिलाल गाउँ फर्केका वेला उनकै हातबाट बच्ची र पानोका लागि लुगाफाटा पठाइदिएका थिए, पानोका लोग्नेले। छेदिलाल यादव अर्को गाउँका थिए। उनी बिहे गर्न घर आएका थिए। पहिलोपटक छेदिलाल पानोको घर जाँदा गोरी, अग्ली, बाटुलो अनुहार, लामो केशराशि, सुरमई लोचन भएकी पानो उनलाई सुभाषिणी र कामिनी लाग्यो। छेदिलाल सधैँ फोनमा कुरा गर्दै पानोसँग जिस्किरहन्थे। कुरा गर्दागर्दै पानो र छेदिलालको माया बस्यो।  

त्यहाँदेखि उनीहरू लुकीलुकी भेट्न थाले। छेदिलाल मोटरसाइकलमा राति पानोलाई भेट्न आउँथे। उनी मोटरसाइकल गाउँ बाहिरको चिया पसलमा राख्थे। हिँड्दै पानोको टालबारीमा पुग्थे। पानोको घर गाउँमा सबैभन्दा वर भएकाले छेदिलाल गाउँ छिर्नुपर्दैनथ्यो। पुवारको टालबारी घरपछाडि पानोको बारीमा  थियो। पानोलाई फोन गरेर आफू बारीमा आएको जानकारी छेदिलालले दिन्थे। पानो दिसा गर्ने बहाना बनाएर छेदिलाललाई भेट्न टालबारी जान्थिन्।  

उनी बिस्तारै पूर्ण रुपमा छेदिलाललाई मात्र सम्झिन थालिन्। खाँदा, उठ्दा, बस्दा पनि छेदिलाल उनको मनमा राज गरिसकेको थियो। उनको लोग्ने फोन गर्दा उनलाई कुरा गर्न मन लाग्दैनथ्यो। मानौँ उनी औपचारिकता  पूरा गर्न मात्र कुरा गर्थिन्।  

एक, दुई दिन बिराएर पानो र छेदिलाल टौवाबारीमा भेट्थे । सधैँ भेट्न समय मिल्दैनथ्यो। पानो र छेदिलाल एकअर्काको प्रेममा यसरी गहिरिएका थिए कि एक दिन नभेट्दा उनीहरूलाई संसार नै अर्थहीन लाग्थ्यो। तीन महिनापछि मध्य रातमा उनी छेदिलालसँग भागिन् बच्चीलाई छाडेर । बच्चीलाई छाडेर जाँदा उनलाई बच्चीको माया लागेन। उनी कस्ती स्वार्थी आमा थिइन्? हो, उनलाई छेदिलालबाहेक कसैको माया लागेन। बच्चीभन्दा पनि उनलाई स्निग्ध लाग्यो छेदिला । उनी छेदिलालप्रति पूर्ण रूपमा समर्पित भइसकेकी थिइन्। उनलाई छेदिलालबाहेक यो संसारका कोही चाहिएको थिएन। उनी छेदिलालको प्रेममा अन्धी भइसकेकी थिइन्। छेदिलाल नै उनका लागि सर्वस्व थिए । एक वर्षकी बच्ची र छेदिलाललाई रोज्नुपर्दा उनी छेदिलाललाई रोज्न आतुर थिइन्। छेदिलालको प्रेममा उनी घर–परिवार, सामाजिक मर्यादा, बच्चा, स्वास्नीको जिम्मेवारी र कर्तव्य सबै बिर्सेकी थिइन्। सम्झेकी थिइन्, केवल छेदिलालको धड्कनभित्रको अनुरागपूर्ण प्रेम।  

छेदिलाल पानोलाई लिएर मध्यरातमा आफ्नो घर गए। पानोको सिउँदोमा पहिलादेखि नै सिन्दुर थियो। सिन्दुर लगाएको देखेर अरुकी स्वास्नीलाई भगाएर ल्याएको कुरा उनका बाआमाले थाहा पाए। छेदिलालको परिवारले पानोलाई अपनाउन तयार भएनन्। कुमार केटोले बिहे भएकी स्वास्नी मान्छेलाई भगाएर ल्याउँदा छेदिलालले बिहेमा पाउने दाइजो गुमाएका थिए। छेदिलालकी आमा आगो भइन् र भनिन्, ‘घरबाट दुवैजना  निस्क। म यो घरमा बस्न दिन्नँ। मेरो घरमा अरुको स्वास्नीका लागि कुनै ठाउँ छैन।’  

छेदिलाल आमाको कुरा सुनेर ‘मलाई यो घरमा बस्न नदिने भए म विष सेवन गरेर मर्छु।’ भनेर धम्की दिए। छोरो गुमाउनुपर्ने डरले उनका बाआका केही बोलेनन्। तर पानोलाई बुहारीको रुपमा अपनाउन नसक्ने उनका बाआमाले अडान लिए। उनीहरूलाई घरबाट निस्क फेरि भन्न सकेनन् तर पानोलाई घरभित्र पनि पस्न दिएनन्। छेदिलाल गुहालीको दोमहलामा (काठ र बाँसले बनाइएको घरको पहिलो तला) जहाँ सुत्थे, त्यही पानोलाई राख्ने आदेश उनका बाआमाले छेदिलाललाई दिए। छेदिलालका बाआमाले पानो कुन गाउँकी? कसकी स्वास्नी हो? भनेर सोधे। तर, छेदिलालले बाआमाको कुनै प्रश्नको जवाफ दिएनन्। पानोलाई जहाँबाट भगाएर ल्याएको छस्, त्यही फेरि पु¥याई दे भनेर बाआमाले भने तर छेदिलाल मानेनन्।

उनी पानोको हात समात्दै गुहालितिर गए। गुहालीमा तल भैँसी र गोरुहरू बाँधिएका थिए। माथि दोमहला थियो, त्यही दोमहलामा छेदिलाल सुत्थे। उनी गुहालितिर जाँदा उनकी आमा केही बोलिनन्। छेदिलाललाई विश्वास भयो, पानोलाई गुहालीमा राखे भने कोही केही बोल्ने छैनन्। पछि सबैको मन जिते भने पानोलाई भित्र्याउने छन्। पानोलाई भगाएर ल्याउँदा सबैजना रिसाउनु जायज थियो। सबैको मन जितेर बिहे गर्ने सोच छेदिलालले बनाए।  

गुहाली हुँदै दोमहलामा जानुपथ्र्यो। दोमहलामा चढ्नका लागि बाँसको पैठी (भर्‍याङ) लगाइएको थियो। पहिला छेदिलाल चढे । छेदिलालको पछिपछि पानो पैठीमा चढिन्। पैठीमा टेक्दा पैठी करकर बोलिरहेको थियो। दुवैजना एकैपटक चढ्दा  पैठी भाँचिने पो हो कि भनेर पानो डराइन्। दुवै हातले पैठीको छेउ समात्दै चढ्न थालिन्। दोमहलामा छेदिलाल चढिसकेर पानोतिर आफ्नो हात लम्काए। छेदिलालले हात लम्काएको देखेर पानो ढुक्क भइन्। बायाँ हात छेदिलाललाई दिइन्। छेदिलालले पानोलाई ताने। दोमहलाको एउटा कुनामा चौकी थियो। चौकीमा भोटिया (लुगाको गुन्द्री) र भोटियामाथि पुरानो तन्ना ओछ्याइएको थियो। चौकीमा झुल तानिएको थियो। धुलो धुवाँले झुल पुरानो भइसकेको थियो। एउटा तकिया ओछ्यानमा राखिएको थियो।  

झुलमाथि उठाउँदै छेदिलाल र पानो चौकीमा बसे। चौकीमुनि लसुन, प्याज र आलु राखिएको थियो। छेदिलालको परिवारले पानोलाई नस्विकारेकाले डरले पानोको ओठ मुख सुकिसकेको थियो। पानो जिब्रोले ओठ चाटिन्। मुखमा थुक थिएन। उनले सानो स्वरमा छेदिलाललाई भनिन्, ‘तिर्खा लागेको छ पानी पिउँछु।’ उनको कुरा सुनेर छेदिलाल चौकीबाट उठे। उनले खाटमुनि हेरे। त्यहाँ एउटा कमन्डुल थियो। त्यसमा हिजो रातिकै पानी थियो। उनले कमन्डुल चौकी मुनिबाट झिके। पैठीमा टेक्दै तल ओर्लिए। तल ओर्लिने वेलामा पैठी हल्लिँदै कुइकुइ बोलिरहेको थियो। दोहमलाबाट झरेर उनी पम्प गए। तीन–चारपटक पम्प पेल्दै पानी हाल्दै फाल्दै कमन्डुल धोए। कमन्डुलभरि पानी भरेर ल्याए। पानो चौकीमा बसिरहेकी थिइन्। छेदिलाल पानोको हातमा कमन्डुल थमाए। पानो कमन्डुलको डन्डी समातेर पानी खान थालिन्। उनले पानी खाँदा घटघट बोलिरहेको थियो। उनले पानी खाएर कमन्डुल चौकीमुनि राखिन्। छेदिलाल चौकीमा पल्टे। पानो छेदिलालको छेउमा भित्तापट्टि पल्टिन्। छेदिलाल पानोलाई आफ्नोतिर फर्काए। पानो छेदिलालतिर फर्किन्।

No comments:

Post a Comment