, काठमाडौं
आश्विन १८, २०७३- अन-कल भिजिटमा एकजना ईन्जिनियर मित्रको घरमा पुग्दा अन्दाजी वर्ष ३० को उनको छोरा सोमनाथ (नाम परिवर्तन)को दाहिने तिघ्रामा असहनिय पिडा भइरहेको थियो । रोगको निदान गर्ने क्रममा उनको शारीरिक परीक्षण गर्दा सबैकुरा ठीकै छ ।
शरीरमा कतै कुनै प्रकारको घाउँ वा चोटपटकको निशान पनि देखिदैन, तर दाहिने तिघ्रा दुखिरह्यो भनेर कराइरहेका थिए । कारण सोध्दा बाइकमा घर फर्किंदा बाटोमा जर्किङ धेरै भएर यस्तो भएको बताए । एक्सरे, ब्लड टेस्ट गरेर हेर्दा तिघ्राको हड्डी क्रयाक (चर्किएको) रहेछ । मलाई पनि आश्चर्य लाग्यो । यस उमेरमा अस्टियो पोरोसिस अर्थात् हड्डी खिइने रोग कसरी लाग्यो ?
जब कि यो रोग प्राय: उमेर पुगेका बूढापाकाहरूमा मात्र देखिन्छ । हड्डी कमजोर हुने ( खिईने ) यस रोगलाई बुढेसकालमा लाग्ने रोग भनेर भन्थे । तर अहिले आएर यो रोग २०/३० वर्षका युवा–युवतीहरूमा पनि देखिन थालेको छ ।
के हो आस्टियोपोरोसिस ?
अति व्यस्त र तनावपूर्ण जीवनशैलीले जुन स्वास्थ्य समस्याहरूलाई जन्म दिएको छ । त्यसैमध्ये आस्टियोपोरोसिस पनि एक हो भन्दा अतियुक्ति न होला ।
अस्टियोपोरोसिस को शाब्दिक अर्थ हुन्छ- 'छिद्रयुक्त हड्डी' । समयसँग-सँगै सबै कुराको विकास हुन्छ भने हाम्रो शरीरका हड्डीहरू बिस्तारै-बिस्तारै बढ्दो उमेरसँगै खिइँदै जान्छ । शरीरका हड्डीहरुमा पाइने तत्वहरु क्याल्सियम, फास्फोरस तथा अन्य खनिज पदार्थको कमी भई हड्डी खोक्रो हुन जान्छ । यस अवस्थालाई हड्डी खिइएको भनिन्छ । हड्डी खिइएपछि चर्किने वा भाँचिने सम्भावना बढि रहन्छ ।
कारण
दिनभर घरमा बसेर टीभी हेर्ने, फोन/मोबाइलमा घन्टौं कुरा गर्ने, या गेम खेल्ने, कम्प्युटरमा घन्टौं बस्ने, कुर्सीमा लामो समय बसेर काम गर्नेभएका कारण शरीरका हाडजोर्नीहरूको गतिशिलता मा कमी हुँदै जान्छ । जसको फलस्वरूप दुई हड्डीको बीच रहेको चिल्लो पदार्थ पनि कम हुँदै जान्छ ।
यस्तो स्थितिमा हड्डीका टिस्युजहरू एकआपसमा घर्षण हुदाँ कमजोर हुन्छन् र स्वाभाविक बनावटमा पनि असामान्यता आउन थाल्छ । जसको फलस्वरूप हल्का मामुली चोटपटक लाग्नाले पनि तिघ्राको हड्डी, खुट्टाको हड्डी, घुँडा, रिढको हड्डी, हातको हड्डी क्र्याक हुने वा भाँचिने सम्भावना बढी हुन्छ ।
यसको मुख्यकारण युवा-युवतिहरूको शरीरमा क्याल्सियम र भिटामिन 'डी' को कमी हुनु हो । यसले गर्दा हड्डीहरूको घनत्व (बोनडेन्सिटी) तीव्रगतिले कम हुन थाल्छ । जो अन्तत: यस रोगको कारण बन्न जान्छ ।
यसै सन्दर्भमा हालसालै अर्थराइटिस फाउन्डेसन अफ ईन्डियाले गरेको सर्वेक्षण अनुसार भारतमा लगभग चालीस लाख मानिसहरु यस अस्टियोपोरोसिसको (हड्डि खिईने) समस्याबाट पीडित छन् । जसमा युवाहरूको संख्या द्रुत गतिले बढिरहेको छ । पहिले यस्तो समस्या ६० वर्ष उमेर काटेपछि आउँथ्यो भने अचेल २० देखि ३० वर्षको युवाहरूमा पनि यस किसिमको लक्षणहरू देखिन थालेका छन् ।
उमेरसँगको सम्बन्ध
पहिले हड्डी खिइने भनेको बूढी महिलाहरूको समस्याको रूपमा मानिन्थ्यो किन भने उनीहरूको उमेरसँग यस रोगको सीधा सम्बन्ध हुन्छ । मेनोपोज ( महिनावारी) सुकेपछि महिलाहरूमा प्रोजेस्ट्रान र एस्ट्रोजेन (हार्मोन्स) हरूको स्तर कम हुन्छ ।
जसलेगर्दा एकखास उमेरपश्चात् महिलाहरूमा आस्टियोपोरोसिसको समस्या हुन्छ । तर तनावपूर्ण र अति व्यस्त जीवनशैलीको कारणले महिलाहरूमा ३५ वर्षको उमेरमा नै मेनोपोजको लक्षणहरू देखिन थाल्छ । मानसिक कारणलाई हेर्ने हो भने महिलामा आफुलाई सुरक्षित महसूस नगर्नु या जिवनमा कुनै दरो सहारा नभएको आभास हुनु । आफ्नो कोही नभएको ठान्नु, जीवन प्रति असन्तोष हुनु आदि ।
जीवनशैली जिम्मेवार
अचेल महानगरमा बस्ने कामकाजी युवा-युवतिहरूमा अति व्यस्तता, लापरबाहीले गर्दा मर्निङवाकका लागि समय ननिकाल्नु र सानो फ्लाटमा आधुनिक घरेलु उपकरणहरूले गर्दा शारीरिक श्रम गर्ने बानी छुट्दै गएको छ । बिहान काममा चाँडै घरबाट निस्किने र साँझपख घर फर्किने आजको युवावर्गको दिनचर्या नै भइसकेको छ ।
यसले गर्दा बिहानको घामबाट पाइने भिटामिन 'डी' बाट वञ्चित रहन्छन् । यस्तो स्थितिमा यिनीहरूले मिल्क प्रोडक्ट खानेकुरा जति खाए पनि भिटामिन 'डी' को अभावमा हड्डीहरूले क्याल्सियमको अवशोषण गर्न पाउँदैन । यही कारण हो कि युवा वर्गमा यो समस्याहरू बढिरहेको छ ।
साइड इफेक्टको परिणाम
अचेल धेरैजसोलाई कमै उमेरमा थाइराइड तथा पाचन प्रणाली सम्बन्धी गड्बडी देखिन थालेको छ । यससम्बन्धी रोगकोउपचारको क्रममा औषधिहरुको लामो प्रयोगले गर्दा हुने दुष्प्रभाव (साईडईफेक्ट)को कारणले गर्दापनि शरीरमा क्याल्सियम र भिटामिनको मात्रामा कमी आउन थाल्छ । जो पछि गएर हाडजोर्नी दुख्ने कारण बन्दछ ।
रक्सी, चुरोट, युवाहरूको जीवनशैलीको एक अभिन्न हिस्सा नै भइसकेको छ । यी सब कुराले गर्दा पाचन प्रक्रियामा रुकावट पैदा हुन्छ । अल्कोहल, पाचनतन्त्र गेस्ट्रोइन्टेस्टाइनल ट्रेकमा क्याल्सियमको अवशोषण क्षमतालाई कम गरिदिन्छ । जसले गर्दा अन्तस्रावी ग्रन्थिहरूले कोलेजन नामक आवश्यक प्रोटिनको निर्माण उचित ढंगले गर्न सक्दैन । जुन हाम्रो हड्डी र छालालाई पोषण गर्ने काम गर्दछ । यसरी नै कफी, कोल्डड्रिकं तथा एनर्जी ड्रिकंको बराबर सेवनले पनि युवाहरूको हड्डीलाई कमजोर बनाउँदछ।
उपचार
प्राय: गरी यस समस्याको निदान गर्न एक्सरे, एमआरआई, बोनडेंसिटी (हड्डीको घनत्व) आदी जस्ता परीक्षण गराइन्छ । यसबाट हड्डीको बनावट र अवस्थाको बारेमा जानकारी हुन्छ । यसबाहेक हड्डीहरूलाई बलियो बनाउनेमा क्याल्सियम र फास्फोरसजस्ता तत्त्वहरूको महत्त्वपूर्ण भूमिका रहन्छ । यसको मात्रा शरीरमा कति छ भन्ने कुरा थाहा पाउनका लागि ब्लड टेस्ट गर्नु अति नै जरुरी हुन्छ ।
यदि शरीरमा क्याल्सियम र फास्फोरसको मात्रा कम पाइयो भने यो खतराको संकेत हो । यस्तो अवस्था भएमा रगतमा क्याल्सियम र फास्फोरसको आपूर्ति गर्नका लागि हड्डीहरूबाट यी दुवै तत्वहरूको 'रिसाव'हुन थाल्छ । जसले गर्दाशरीरका हड्डीहरु कमजोर हुन थाल्छन् र जोर्नीको दु:खाइ बढ्न थाल्छ ।
यस्तो अवस्थामा चिकित्सकद्वारा सिफारिस गरिएका आवश्यक औषधिहरुको नियमित सेवन गर्नुको साथै आफ्नो खानपानमा क्याल्सियमयुक्त खाद्यपदार्थहरु जस्तै- दूध तथा दूधबाट बनेका परिकारहरू, सोयाविन, हरियो सागपात, केरा, अन्डा, नरिवलजस्ता क्याल्सियमयुक्त खानेकुराको नियमित सेवन गर्नुपर्दछ ।
भिटामिन 'डी' को लागि प्रत्येक दिन बिहानको कलिलो घाममा २०/३० मिनटजती बस्ने गर्नुपर्छ । आफ्नो दैनिक खानामा चिनी र नुनको प्रयोग सकेसम्म कम गर्नुपर्छ । किनभने शरीरमा यी दुवै चिजको अधिक हुनु आस्टियोपोरोसिस अर्थात् हड्डी खिइने कारण बन्दछ ।
होमियोप्याथिक औषधि
आस्टियोपोरोसिस (हड्डि खिईने) रोगमा रोगीको शारीरिक एवं मानसिक लक्षणको आधारमा प्रयोग गर्ने केही औषधिहरू निम्नलिखित छन् । जसको प्रयोग कुनै योग्य तथा अनुभवी चिकित्सकको परामर्श लिई गर्न सकिन्छ । कल्केरियाफाँस, सिम्फाइटम, कल्केरियाकार्व साइलिसिया, रुट्टा आदि ।
सुझाव
अन्तमा यस समस्याबाट पीडित व्यक्तिले के बुझ्नुपर्छ भने हड्डी खिइने अर्थात् आस्टियोपोरोसिस एक यस्तो प्रकारको स्वास्थ्य समस्या हो, जुन व्यक्तिको उमेर, जीवनशैली, खानपिन, आचरण र व्यवहारमा भरपर्छ । यसलाई पूर्णरूपले हटाउन सकिँदैन । तर स्वस्थ्यकर जीवनशैली अपनाएर यसबाट हुने नकारात्मक असरहरूलाई केही हदसम्म कम गर्न सकिन्छ ।
हड्डीलाई बलियो बनाउनका लागि नियमित व्यायाम, योगासन गर्नु जरुरी छ । यसका साथै स्वस्थ्य खानपान तथा सकारात्मक सोच अपनाउने कम्तीमा वर्षको एकपल्ट रुटीन हेल्थ चेकअप गराउनुपर्छ ।
mishradr.lk@gmail.com

No comments:
Post a Comment